दाह-संस्कार

दाह-संस्कार

बसन्तको आगमन संगै प्रस्फुठित मेरा चाहना, ईच्छा कल्पना र रोजाई
गृश्म सुरु नहुँदै ओइलाएर झर्न थाल्छन् ,
आशा गर्छ बर्षाको निर्मल सरिता संगै
ओइलाई झरेका यी मेरा कल्पनाहरु,
बगी गइ, एक जीवन्त,साकार बिपनाहरु बनी आओस् भनि,
तर नैरस्यतको बादलले नडाकेको ,
बियोगको सुर्य नउदाएको दिन,
मेरो लागि नौलो नभएकाले नै गर्दा,
यी मेरा आशा पनि हुस्सोमा आलोक बिलिन भए झै लाग्छ,
न यसमा मलाई कुनै खोट नै छ
न असफलताको अनुभुती,
हेमन्तको प्रभात संगै गुन्झेको मिर्त ईच्छाका शंखध्वनी ,
सन्नध्या नआउँदै्,
चाहनाका दिपशिखाहरु धिप्-धिप् भैसक्छ,
प्रफुलित भैइ मेरा रोजाइले हास्न् पाएका छैनन्
साहस गरी मेरा चाहना कसैको हुन सकेको छैन्
भरखरै बामे सर्न,खोज्ने मेरा ईच्छाहरु,
बोली नफुट्दै सुन्यतामा हराउछन्
बगरका तिखा ढुङ्गामा टेकेका
मेरा कल्पनका पाहिलाहरु,
क्षितिज सम्म आफ्नो गन्तब्य बनाउने आशा गर्दै,
पहिलो कदम मै डग मगाउछ,
अन्त्य सम्म त परिकल्पना मात्रै
त्यसैले अब मेरो मनमा नबिन भावनाको बिजारोपण भएको छ,
बसन्तमा प्रस्फुटित मेरा यी चाहना,ईच्छा र कल्पनाहरुलाई
यही शिशिर कै गोदमा राखि,
सधैंका लागि दाह-संस्कार गरिदिने,
सधैंका लागि दाह-संस्कार गरिदिने,

Give Feedback !!!

No comments:

Post a Comment