आज फेरी म

आज फेरी म

आज फेरी म .....
मात्र म,
केवल म,
अनि कोठाको भित्तामा
झुन्डिएको,
केही तस्वीर,
यो कालो रात्,
बिताइरहेछौ;
घडीको,
छुक - छुक.....

पर .....
सडकका
भुसिया कुकुरका
आवज !!!
यो सुन्य रातलाई
चिर्दै
मेरो कानमा आई,
गुन्जिरहन्छ;
म निष्पठ् अन्धकारलाई
पर्दा उगारी
चिहाउछु,
कतै मेरा हराएका साथ छन् कि भनेर
म लमतन्न,
नितान्त एक्लै
अतित र भविष्यको
एकै साथ्,
एक पछि अर्को पाना
पल्टाउदै
बिच्छाउनामा पल्टिरहेछु
अनेकन श्रब्य द्ऋष्यबाट
थकित भैसकेको
यो
मेरो मन्,
त्यसै टोलाउछ,
दिनको चहल-पहल,
साथी सङ्गिनी,
रमझमले मन बहलाए पनि
यो कालो रातमा,
मन
भिरै भिर दौडिन्छ,
कहिले,
निथ्रुक भिझेर
ओभनो खोज्दै,
ओत लाग्छ,
त कहिले
नयाँ आयामको खोजिमा
त्यसै,त्यसै
गल्लि,गल्लिमा
भौतारिरहन्छ
यस्तै यस्तै मा
आधा रात पनि ढल्किन्छ

निदरिले पनि कोठाको ढोका ढक् - ढकाउछिन,

सुटुक्क परेलिमा आई
मलाई फेरी
अर्कै,
परिवेश,कल्पना र यथार्थमा
लैजान्छिन्

म कालो रातलाई छटक्कै छाडी,
अर्कै मोड तिर लम्किन्छु । । ।

Give Feedback !!!

No comments:

Post a Comment