बाटाहरु

मन भरिका उल्लास,
उमंग र सृजना
दुई घुट्की पानी पिएर पखाले
स्मिर्ति पटलका धेरै पाना
त्यसै जलाइदिए
नैरास्य,छटपटी,वेदना
सम्हाले मैले !!
मात्र बाटाहरु पहिलाउन नजानेकाले
यो बाटो!,त्यो बाटो!,
अलि लम्किनु पर्ने घुम्ती बाटो
ठाडो!,ओरालो!,तेर्सो!,सबै बाटा
मेरो मन्द गतिका पदचालका लागि
नौला!,अनौठा! र विराना! हुनपुगे
स्वणिम् बाटा!,दिशाहीन बाटा!,
निर्देशित बाटा!,
पक्की बाटा! र कच्ची बाटा!को माझमा
हिड्दा,हिड्दै आज
मेरा मनका बाटा!,
कता हराए कता??
आज धेरै बाटाहरु बिर्सिएर,
अल्मलिएँ म !!!
बर्षौ देखिका खिया परेका मेरा भावनात्मक पाट्-पुर्जा
सल्वलाएका बेला,
आज! मेरो मनको बाटो हिड्न चाहने पाट्-पुर्जा
सुरुवाती गती पनि लिन नसकि
थाकेर सिथिल भई,पुनह "जाम" मा फसे
थाकेर सिथिल भई,पुनहा "जाम" मा फसे । । ।

Give Feedback !!!

No comments:

Post a Comment