धुवाँ घुमायो है फन-फनि यो धुवाँले, लौ न नि, चिसो हावामा, रन्कायो, यो धुवाँले घुमीफेरि पुर्यायो त्यहिँ, यो धुवाँले, कस्तो यो धुवाँको प्रभाव, बिर्सायो सबै फेरि, न मैले आफैँलाई चिन्न सकेँ न यो संसारलाई, बनायो यो धुवाँले एक्लो मलाई, तिमि सँग को बिछोड, बिर्सन्छु कि भनेर पिएको यो धुवाँ, उ सँगै पो उडायो मलाई, उ सँगै पो उडायो मलाई....
बाटाहरु
बाटाहरु मन भरिका उल्लास, उमंग र सृजना दुई घुट्की पानी पिएर पखाले स्मिर्ति पटलका धेरै पाना त्यसै जलाइदिए नैरास्य,छटपटी,वेदना सम्हाले मैले !! मात्र बाटाहरु पहिलाउन नजानेकाले यो बाटो !,त्यो बाटो ! अलि लम्किनु पर्ने घुम्ती बाटो ठाडो!,ओरालो!,तेर्सो!,सबै बाटा मेरो मन्द गतिका पदचालका लागि नौला!,अनौठा! र विराना! हुनपुगे स्वणिम् बाटा!,दिशाहीन बाटा!, निर्देशित बाटा !!, पक्की बाटा! र कच्ची बाटा!को माझमा हिड्दा,हिड्दै आज मेरा मनका बाटा!, कता हराए कता?? आज धेरै बाटाहरु बिर्सिएर, अल्मलिएँ म !!! बर्षौ देखिका खिया परेका मेरा भावनात्मक पाट्-पुर्जा सल्वलाएका बेला, आज! मेरो मनको बाटो हिड्न चाहने पाट्-पुर्जा सुरुवाती गती पनि लिन नसकि थाकेर सिथिल भई, पुनह "जाम" मा फसे पुनह "जाम" मा फसे । । ।
परिवर्तित जीवन चक्रका समयहरु र त्यहाँ अल्मलिएका सपनहरु आज मलाई प्रश्न गर्छन्, बतासे भावनामा किन बहकिएको ? म एकान्त खोज्दै ति प्रश्न मा हराँउछु, अनुत्तरित ति प्रश्नहरुले मलाई क्षँणिक् उर्जा दिन खोज्दछन् तर तिता, मिठा र फेरी तिता मेरा सपनहरु मलाई कालन्तरमा फेरी निराश बनाइदिन्छन मेरा अल्मलिएका सपनाहरु, र समय सँग सँगै चल्न नसकि थकेका कल्पनहरु....
दाह-संस्कार
दाह-संस्कार बसन्तको आगमन संगै प्रस्फुठित मेरा चाहना, ईच्छा कल्पना र रोजाई गृश्म सुरु नहुँदै ओइलाएर झर्न थाल्छन् , आशा गर्छ बर्षाको निर्मल सरिता संगै ओइलाई झरेका यी मेरा कल्पनाहरु, बगी गइ, एक जीवन्त, साकार बिपनाहरु बनी आओस् भनि, तर नैरस्यतको बादलले नडाकेको , बियोगको सुर्य नउदाएको दिन, मेरो लागि नौलो नभएकाले नै गर्दा, यी मेरा आशा पनि हुस्सोमा आलोक बिलिन भए झै लाग्छ, न यसमा मलाई कुनै खोट नै छ न असफलताको अनुभुती, हेमन्तको प्रभात संगै गुन्झेको मिर्त ईच्छाका शंखध्वनी , सन्नध्या नआउँदै्, चाहनाका दिपशिखाहरु धिप्-धिप् भैसक्छ, प्रफुलित भैइ मेरा रोजाइले हास्न् पाएका छैनन् साहस गरी मेरा चाहना कसैको हुन सकेको छैन् भरखरै बामे सर्नखोज्ने मेरा ईच्छाहरु, बोली नफुट्दै सुन्यतामा हराउछन् बगरका तिखा ढुङ्गामा टेकेका मेरा कल्पनका पाहिलाहरु, क्षितिज सम्म आफ्नो गन्तब्य बनाउने आशा गर्दै, पहिलो कदम मै डग मगाउछ, अन्त्य सम्म त परिकल्पना मात्रै त्यसैले अब मेरो मनमा नबिन भावनाको बिजारोपण भएको छ, बसन्तमा प्रस्फुटित मेरा यी चाहना,ईच्छा र कल्पनाहरुलाई यही शिशिर कै गोदमा राखि, सधैंका लागि दाह-संस्कार गरिदिने, सधैंका लागि दाह-संस्कार गरिदिने,
आज फेरी म
आज फेरी म ..... मात्र म, केवल म, अनि कोठाको भित्तामा झुन्डिएको, केही तस्वीर, यो कालो रात्, बिताइरहेछौ; घडीको, छुक - छुक..... र पर ..... सडकका भुसिया कुकुरका आवज !!! यो सुन्य रातलाई चिर्दै, मेरो कानमा आई, गुन्जिरहन्छ; म निष्पठ् अन्धकारलाई पर्दा उगारी चिहाउछु, कतै मेरा हराएका साथ छन् कि भनेर, म लमतन्न, नितान्त एक्लै, अतित र भविष्यको एकै साथ्, एक पछि अर्को पाना पल्टाउदै बिच्छाउनामा पल्टिरहेछु अनेकन श्रब्य द्ऋष्यबाट थकित भैसकेको यो मेरो मन्, त्यसै टोलाउछ, दिनको चहल-पहल, साथी सङ्गिनी, रमझमले मन बहलाए पनि यो कालो रातमा, मन !!! भिरै भिर दौडिन्छ, कहिले, निथ्रुक भिझेर ओभनो खोज्दै, ओत लाग्छ, त कहिले नयाँ आयामको खोजिमा त्यसै- त्यसै गल्लि-गल्लिमा भौतारिरहन्छ यस्तै-यस्तैमा आधा रात पनि ढल्किन्छ र निदरिले पनि कोठाको ढोका ढक् - ढकाउछिन, र सुटुक्क परेलिमा आई मलाई फेरी अर्कै, परिवेश,कल्पना र यथार्थमा लैजान्छिन् र म कालो रातलाई छटक्कै छाडी, अर्कै मोड तिर लम्किन्छु अर्कै मोड तिर लम्किन्छु । । ।
नेपथ्य बाट बाहिर झुल्कि, एक बार फेरी हाँसिदेउन, त्यहिँ हाँसो, म सम्हाली राख्छु, रात काट्ने साथी भनि, गुम्सिएका आवाजहरु सुनिदेउन, आँखाका भाका भुझिदेउन, सपनिमा आउन नछाडिदेउन, एक बार फेरी हाँसिदेउन, जिन्दगी !!! म त्यसै बिताइदिन्छु, आज !!! मनैले स्पर्श गर्न चाहन्छु, आँखैमा तिम्रा तस्वीर छुपाइराख्छु, प्रेमका दुई शब्द सुनाउन चाहान्छु, हो त्यसैले, नेपथ्य बाट बाहिर झुल्कि, एक बार फेरी हाँसिदेउन एक बार फेरी हाँसिदेउन । । । ।
sab keta haru k ho motayera motayera ho..amite ko kapal herana k bhanne...sakiyena baaa..
ReplyDeleteterima keta haru kati motako
ReplyDeletemero palo chha kahile aune ho
malai pani motauna manlagyo
la la
khayo piyo motayo ani